पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा महराले उच्च अदालतबाट पनि सफाइ पाएका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले मंगलबार महराविरुद्धको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।
सभामुख रहेका बेला जबर्जस्ती करणी उद्योगमा महराविरुद्ध मुद्दा परेपछि महरा २०७६ असोज १९ गते पक्राउ परेका थिए । ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।