भारतको गुजरातमा एक प्रहरी निरीक्षकले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्।
श्रीमतीको हत्यापछि आफूले गरेको अपराध लुकाउन ती निरीक्षकले श्रीमती बेपत्ता भएको रिपोर्ट प्रहरी चौकीमा दर्ता गराएका थिए।अहमदाबाद क्राइम ब्रान्चले घटनाका अनुसार प्रहरी निरीक्षक अजय देसाईले श्रीमतीको शवलाई आफ्ना एक जना साथीको सहयोगमा अटाली गाउँको एक बन्द होटलपछाडिको खाली ठाउँमा जलाएर शव व्यवस्थापन गरेका थिए।
उक्त घटनाका आरोपी दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको अहमदाबाद प्रहरीले बताएको छ।