मगंलबार बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ।
बैठकले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २० गते गण्डकी प्रदेश प्रमुख शेरचनलाई हटाएर सीता पौडेललाई पठाएको थियो। लुम्बिनी प्रदेश प्रमुख यादव भने २०७६ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त भएका थिए।
नवनियुक्त प्रदेश प्रमुख शेरचन माओवादी पृष्ठभूमिका हुन। नेपाली कांग्रेसका नेता गुरुङ २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको सूचीमा थिए। दुवैजना चितवन निवासी हुन।