कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिने सरकारले निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन्। हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन्।
अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका छन्। थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको स्रोतको भनाइ छ।