पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिएको छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुङ्याउने जिम्मा शीर्ष नोतालाई दिने निर्णय गरेको हो।
बैठकले सरकारले न्यूनतम साझा कार्यक्रम चाँडो टुङ्गो लगाउत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ।
मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पुर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए।
सत्ता गठबन्धनको बैठकमा जसपबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए।
कांग्रैस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन्।