भारतको मध्यप्रदेशमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको घटना एक वर्षपछि बाहिर आएको छ। मध्यप्रदेश ग्वालियर प्रहरीले एक वर्षको अनुसन्धानपछि यो घटना सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार ६ अगस्ट २०२० मा ग्वालीयरका फेरन जाटलाई उनकी श्रीमतीले आफ्नो प्रेमिसँग मिलेर हत्या गरेकी थिइन् र आफ्नो अपराधलाई ढाकछोक गर्न ती महिलाले १५ अगस्टका दिन आफैँ प्रहरी कार्यालयमा पुगी श्रीमान बेपत्ता भएको रिपोर्ट लेखाएकी थिइन् ।
साथै, महिलाले आफ्नो बचाउँका लागि अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पनि दायर गरेकी थिइन्। घटना अदालतसम्म पुगेपछि प्रहरीले उक्त घटनाको छानविनलाई तीव्र गतिमा अगाडि बढाएको थियो।
प्रहरीले हत्यामा संलग्न महिला र उनका प्रेमीलाई पक्राउ गरेको छ।
आजतकबाट