भारतको उत्तरप्रदेश राज्यमा ट्रकले बसलाई ठक्कर दिंदा १८ जना कामदारको मृत्यु भएको छ। हरियाणबाट कामदारहरुलाई लिएर बिहार तर्फ जादैँ गरेको बस उत्तर प्रदेशको बाराबन्की जिल्लामा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको हो।
उक्त घटनामा ३० जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। बसमा १४० जना यात्रु सवार थिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परी ज्यान गुवाएका परिवारलाई राहत स्वरुप रु २ लाख र घाइतेहरुलाई रु ५०,००० दिने घोषणा गरेका छन्।