सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।बुधवार पूर्व मन्त्री समेत रहेका माओवादी नेताहरु लेखराज भट्ट, प्रभु साह, टोप बहादुररायमाझी र गौरिशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो।
पार्टीले सोधेको स्पष्टीकरण नदिएपछि उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार भोलिको लागि पेसी तोकिएको छ।