काठमाडौं महानगरपालिकाले कर नबुझाउने करदाताहरुको कार्यालयमा गएर माइकिङ गर्न शुरु गरेको छ। महानगरपालिकाले घरजग्गा तथा सम्पत्ति कर नबुझाउने २० वटा ठूला करदाताको कार्यलयमै गएर माइकिङ सुरु गरेको हो।
महानगरले कर बुझाउन आग्रह गर्दै जारी गरेको सुचनाको अटेर गर्दै करदाताहरु सम्पर्कमा नआएपछी माइकिङ शुरु गरेको हो। महानगरले असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो।
माइकिङ गर्दै तोकिएको अवधिमा कर तिर्न नआए त घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने चेतावनीसहित सूचना टासिएको छ।
‘बारम्बार प्रयास गर्दा पनि करदाताहरु सम्पर्कमा नै नआएकाले बाध्य भएर माइकिङ गर्दै सुचना टास्नु परेको हो,’ राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘अहिलेसम्म नाम सार्वजनिक गरिएको २० करदातामध्ये ११ वडामा रहेको एन. आ.। टी. क्लव, १३ नम्वर वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ् कलेज सम्पर्कमा आएका छन्,’
करदाताले विवरण नबुझाएका कारण यकिन अङ्क भन्न नसकिने जानकारी दिँदै उनले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छन्।
बुधबार वडा ११ मा रहेको एन. आर. टी. क्लव र युनाइटेड वर्ल्ड सेन्टर, १२ वडामा रहेको बागमती च्याम्बर, बुद्धबारी कम्प्लेक्स र १३ वडामा रहेको काठमाडौँ इञ्जिनियरिङ् कलेज, नेपाल रेडक्रस सोसाइटीमा राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले माइकिङ गर्दै सूचना टाँसेको छ।
यी हुन कर नबुझाउने ठुला करदाता