सांसद पद पुनर्बहालीको माग गर्दै माओवादीका चार नेताले दिएको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिट दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुनेछ ।
बुधबार सांसद पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादी केन्द्रका लेखराज भट्ट, प्रभु साह, टोप बहादुर रायमाझी र गौरिशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।
पार्टीले सोधेको स्पष्टीकरण नदिएपछि उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।