अस्ट्रेलिया सरकारले सम्पूर्ण आप्रवासी विद्यार्थीलाई निःशुल्क कोरोना खोप दिने भएको छ। अस्ट्रेलिया सरकारले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
अस्ट्रेलिया सरकारको यो अभियानले नेपाललगायत दसौँ देशका विद्यार्थीहरु लाभान्वित हुने भएका छन्। १६ वर्ष वा सोभन्दा माथिका सम्पुर्ण विद्याथीलाई खोप दिइनेछ। खोपका लागि कुनै पनि प्रकारको परिचय पत्र आवश्यक पर्ने छैन। विद्यार्थीले आफूलाई पायक पर्ने खोप केन्द्रबाट सहजै खोप लगाउन सक्नेछन्।
अस्ट्रेलिया सरकारले जारी गरेको पत्रमा विद्यार्थीहरुलाई एकै कम्पनीको दुई डोप खोप दिइने बताइएको छ। विद्यार्थीलाई पहिलो खोप लगाएको एकसातापछि अर्को खोप लगाउन अनुरोध गरेको छ।
साथै, अस्ट्रेलिया सरकारले आफ्नो खोपको पालो र यस सम्बन्धी थप जानकारी लिन वेवसाइट र फोन नम्बरको पनि व्यवस्था गरेको छ।