राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सिंहदरबारमा बिहीबार बिहान शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराए ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो । सपथ प्रहणपछि उपाध्यक्ष पौडेल तथा सदस्यद्वय फुयाँल र गुरुङले आजै पदभार ग्रहण गरेका छन् ।