उखुको भुक्तानी नपाएको भन्दै सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आएका छन् ।
उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरि श्यामले सरकारसँग भएको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन आफूहरु फेरि काठमाडौं आएको बताए । उनका अनुसार ६ मिलबाट ४१ करोड बक्यौता लिन बाँकी रहेको छ ।
उक्त रकम आगामी भदौसम्म उठाइदिन सरकारसँग माग राख्ने र त्यो समयम्म रकम नउठे फेरि आन्दोलनमा जाने उनीहरुको तयारी छ ।