खोप लिएर कांग्रेस नेता कार्यकर्ताको घर–घरमा पुग्न थालेका छन् ।
सोही क्रममा कांग्रेस नेता कार्यकर्तालाई खोप लगाउन पुगेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र विराटनगर महानगरपालिका–५ का कांग्रेस बुथ सभापति विमल राजभण्डारी लखेटिएका छन् ।
उनीहरूले राजभण्डारीको घरमा समर्थक मात्र बोलाएर सुटुक्क खोप दिइरहेको थिए । सुटुक्क खोप दिइरहेको सूचनापछि स्थानीय युवाले मेयर पराजुली र बुथ सभापति राजभण्डारीलाई बुधबार राति लखेटेका हुन् ।
उक्त घटनापछि राजभण्डारी मोबाइल अफ गरेर सम्पर्कविहीन छन् भने मेयर पराजुलीले उक्त कुरा अस्वीकार गर्दै आएका छन् ।