अमेरिकाको अलास्काको पेरिभिल्लेमा ८.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकाको ‘जियोलोजिकल सर्भे’ले अलास्काको पेरिभिल्लेबाट ९१ किलोमिटर दक्षिण पूर्बमा भूकम्प गएको जनाएको छ ।
यूएसजीएसले जमिनको सतहबाट ४६.७ किलोमिटर गहिराइमा भूकम्प उद्गमको केन्द्र रहेको जनाएको छ । भूकम्पबाट क्षतिको विवरण भने अझै आइसकेको छैन ।