नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेस महाधिवेशन सार्ने तयारीमा लोगको बताएका छन् ।
कांग्रेस महाधिवेशनबारे चिन्ता व्यक्त गर्दै बाँस्कोटाले त्यसका लागि कांग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खाजिरहेको बताएका छन् । उनले भनेका छन्, ‘मैले त पहिल्यै भन्या छु– कांग्रेस सुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढबर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ ।’
मौका पाए डेढ बर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ ।
कांग्रेसले पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्ने बाँस्कोटाको भनाइ छ ।
उनले अगाडि प्रश्न गर्दै भनेको छन्, ‘कांग्रेस सभापति देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ? हामी पनि हेरौ त !’
कांग्रेसले भदौ १६ गते पार्टीको महाधिवेशको मिति तय गरेको छ । तर, क्रियाशिल सदस्यता विवादका कारण तोकिएको मितिमा महाधिवेशन नहुने सम्भावना बढ्दै गएको छ ।