पब्लिक मर्निङमा यी दुई चुट्कीला पढेर मुस्कुराउनुहोस।
१. एउटा युवती फोनमा कुरा गर्दै लिफ्टमा आई...
लिफ्टमा भएको शेरेलाई हेरेर हाँसी र फोनमा आफ्नो साथीसँग भनि – ल म फोन राख्छु है लिफ्टमा एउटा हेण्डसम केटा छ। हेर्छु केहि भई पो हाल्छ की।
लिफ्टमा भएको त्यो केटा बोल्नु अघि नै त्यो केटीले भनी – सरी अंकल, मेरो साथी एकदम बकबक गर्छे। मलाई फोन काट्नु थियो त्यसैले झुट बोलेको।
केटा (मनमै) भगवान कसम अजसम्म यति इज्जतसाथ कसैले बेइज्जत गरेको थिएन।
२. पार्कमा सुचना पाटीमा एउटा सुविचार लेखिएको थियो..।
‘रुखमा आफ्नो प्रेमीकाको नाम लेख्नुभन्दा उसको नाममा एउटा रुख रोप्नु राम्रो हो।’
यो कुरा शेरेलाई मनपर्यो।
उसले २ बिगाह जमिन किनेर उखु रोप्न शुरु गर्यो।
गर्लफ्रेण्ड धेरै हुनुको पिडा।