पढ्न–लेख्न उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनका पिता चाहन्थे कि छोरा ठूलो भएर डाक्टर बनोस् तर उनलाई किरा फट्याङ्ग्रा र प्रकृतिबारे जान्न शौख थियो। यहाँ जसको कुरा भइरहेको छ, उनको नाम हो चार्ल्स डाविर्न।
उनको जन्म आजकै दिन अर्थात् सन् १८०९ फेब्रुअरी १२ मा भएको थियो। चार्ल्स डार्विनका पिता रोबर्ट डार्विन र आमा सुसान डार्विन दुबै चर्चित डाक्टर थिए । त्यसैले उनीहरुको छोरा पनि डाक्टर नै बनोस् भन्ने इच्छा थियो।
तर पिताले अत्यधिक कोसिस गर्दा पनि चार्ल्स पढाईमा ध्यान नै दिँदैनथे। यो देखेर उनका पिताले भनेका थिए, ‘तिमीलाई शिकार गर्न र मुसा समात्नबाहेक अन्य केही कुराको मतलब छैन। यस्तो गरेर तिमीले आफ्नो मात्रै होइन, पूरा खानदानकै बेइज्जत गर्नेछौ।’
पृथ्वीमा जीवन कसरी आयो भन्ने विषयमा चार्ल्स सधैंजसो घोत्लिरहन्थे।
डिसेम्बर १८३१ मा जब चार्ल्सको उमेर २२ वर्षको थियो तब उनले बिगल नामको जहाजबाट आफूभन्दा टाढा जाने मौका पाए। चार्ल्सले यो मौका हातबाट जान दिएनन्। बाटोमा जहाँजहाँ जहाज रोकियो, त्यहाँ त्यहाँ चार्ल्स ओर्लिएर जीव जन्तु, बोटविरुवा, रुख, ढुङ्गा–चट्टान र किरा फट्याङ्ग्रालाई अवलोकन गर्न थाले र त्यसको नमूना जम्मा गर्न थाले।
थुप्रै वर्षसम्म काम गरेपछि उनले यो पृथ्वस्मा जति पनि प्रजाति छन्, ती मूल रुपमा एकै जातिबाट उत्पत्ति भएको बताए। उनका अनुसार समय र परिस्थितीका साथै उनीहरुले आफूलाई परिवर्तन गरे र भिन्न भिन्न प्रजाति बन्यो।
संसारलाई भने, ‘हाम्रा पूर्खा बाँदर थिए’
२१ नोभेम्बर सन् १८५९ मा चार्ल्स डार्विनको किताब ‘अन द ओरिजिन अफ स्पेसिस बाय मिन्स अफ नेचुरल सिलेक्सन’ प्रकाशित भयो। यो किताबमा एउटा च्याप्टर थियो ‘थ्योरी अफ इभोलुशन’। यसैमा हामी बाँदरबाट कसरी मानिस बन्यौं भन्ने जानकारी दिएको थियो।
उनको मान्यता थियो कि हामी सबैका पूर्खा एउटै हुन्। उनले दिएको जानकारी अनुसार केही बाँदर भिन्न भिन्न स्थानमा बस्न थाले, त्यसैले क्रमशः आवश्यकताका अनुसार उनीहरुमा परिवर्तन आउन सुरु भयो। उनीहरुमा आएको परिवर्तन उनीहरुका पछिको पीढिमा देखिन थाल्यो।
उनले यसबारे बुझाउँदै भने, ‘ओरेंगुटेन (बाँदरको एक प्रजाति) को एउटा छोरा रुखमा र अर्को जमिनमा बस्न थाल्यो। जमिनमा बस्ने छोराले आफूलाई जिउँदो राख्नका लागि नयाँ कला सिके। उसले उभिन, दुई खुट्टामा हिँड्न, दुई हातको प्रयोग गर्न सिक्यो।’
‘पेट भर्नका लागि शिकार गर्न र खेती गर्न सिक्यो। यसरी ओरेंगुटनको एउटा छोरा बाँदरबाट मानिस बन्यो। यद्यपि, यो परिवर्तन एक वा दुई वर्षमा भएको होइन, यसका लागि करोडौं वर्ष लाग्यो।’
यसै थ्योरीका कारण चार्ल्स डार्विनले संसारभरी पहिचान पाए। जो पिता कुनै बेला उनका छोराले पूरै खानदानको बदनामी गर्ला भनेर चिन्तित थिए जब छोराकै कारण उनको पहिचान बनेको छ।