संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६÷०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो ।
यसअघिका बैठकमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्त्वपूर्ण विषयमा प्रवेश भएका छैनन् ।