काठमाडौं । कोरोना संक्रमण बढेपछि सीसीएमसी निर्देशक समितिको बैठक आज सिंहदरबारमा बस्ने भएको छ ।
आज (शुक्रबार) अपरान्ह ४ बजेका लागि बैठक राखिएको हो । सीसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन् ।
पछिल्लो साता नेपालमा निषेधाज्ञा खुकुला भएसँगै कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो साता दैनिक संक्रमण बढेर ३ हजार नाघेको छ ।
आज बस्ने बैठकमा कोरोना रोकथाम, नियन्त्रणबारे छलफल हुने बताइएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन हुनेगरी खुकुलो पारिएको छ । उक्त निषेधाज्ञालाई कायमै राख्दै कडाइ गर्ने तयारी रहेको छ । के–केमा कडाइ गर्नेबारे बैठकले निर्णय गर्नेछ ।
बिहीबार मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित समाचारः
काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना, यस्तो छ पछिल्लो अवस्था
जुलुससहितका राजनीतिक गतिविधिले फेरि बढ्यो कोरोना, काठमाडौं उपत्यकाको तयारी के छ ?