क्रियाशिल सदस्यताबारे टुंगो लगाउन नेपाली कांग्रेस शिर्ष नेता छलफलमा जुटेको छन् ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला देउवा निवास बूढानीलकण्ठमा छलफलमा जुटेका हुन् ।
कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले साउन १३ गतेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा अन्तिम प्रतिवेदन बुझाएको थियो । तर, पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुङ्गोमा पुर्याउन साउन १४ गतेसम्मको लागि २४ घण्टा समय समितिलाई दिएको थियते ।
बिहीबार बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको पदाधिकारी बैठकमा समितिले अन्तिम प्रतिवेदन बुझाइसकेको छ भने क्रियाशील सदस्यताबारे विवाद टुङ्गोमा पुर्याउन केन्द्रीय नेताहरुलाई पाँच दिनको समय दिइएको छ ।
उक्त बैठकले सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यता विवादमाथि निर्णय लिनेछ ।
धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा अनशन र धर्ना भइरहेको छ । त्यहाँको विवाद निरूपण गर्नेछ ।
त्यस्तै, देशभरि लोकतान्त्रिक फोरम र राप्रपालगायत विभिन्न पार्टीबाट आएका सदस्यहरूको समायोजन सम्बन्धी विवादलाई समाधान गर्नेछ ।