जसपा अध्यक्ष महन्त ठाकुर पक्षकाे मुद्दाको सुनुवाइ शुक्रबार हुँदैछ ।
ठाकुरले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा आज सुनुवाइ भइरहेको छ ।
पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले ८ साउनमा सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्च अदालतले १० साउनमा सुनुवाइको क्रममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र दुबै पक्षलाई शुक्रबार बोलाएको थियो ।
केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाइसकेको छ ।