पूर्वयुवराज पारश शाहले काठमाडौंको महाराजगञ्जमा प्रहरीमाथि दुर्व्यवहार गरेका छन्। शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले ड्यूटीमा खटिएका प्रहरीमाथी दुर्व्यवहार गरेका हुन्।
हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकेपछी मादक पदार्थ सेवन गरेका उनले सोधपुछ गर्ने प्रहरीलाई दुव्र्यवहार गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
प्रहरीले सोधपुछ गरेर शाहलाई नियन्त्रणमा लिन खोज्दा भएको बिवादको भिडियो समेत भाइरल भएको छ। बिवाद बढ्दै गएपछी ड्युटीमा रहेका ट्राफिक प्रहरीले थप सुरक्षाकर्मीहरुको टोली बोलाएका थिए।
परिसर प्रमुख सिंहका अनुसार पछि उनलाई सम्झाईबुझाई गरी हेलमेट लगाएर छाडिएको थियो। शाहले मापसे गरेको अवस्थामा समेत उनलाई छाडेपछी प्रहरीको आलोचना भइरहेको छ।
मापसे गरेर प्रहरीसँग झै–झगडा सर्वसाधारणलाई थुनामा समेत लैजान सक्ने प्रहरीले पुर्य युवराज शाहलाई भने बिनाकारबाही छोडेका कारण प्रहरीको आलोचना भएको हो।