कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।
भत्ता बुझ्ने क्रममा टीकापुर नगरपालिका–८ का ७६ वर्षका नरबहादुर साउँदको मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका वृद्ध साउँद एक्कासी बिरामी परेका थिए । उनी स्वास्थ्य अवस्था असहज भएपछि वडा कार्यालय हाता भित्रै रहेको चौतारामा सुतेका थिए । उनलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले बताए ।
वडाध्यक्ष ठकुल्लाका अनुसार उनी केही समयदेखी बिरामी थिए । मृतक वृद्धले सामाजिक सुरक्षा भत्ता समेत बुझ्न पाएनन् ।