नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा शनिबार आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्दै नेता नेता नेपालले सो कुरा बताएका हुन् ।
सर्वाेच्च अदालतले संविधान र संसदको रक्षा गरेको उनको भनाइ छ । उनले भने, ‘हामीले राम्रोबाट सिक्नुपर्छ, नराम्रोबाट होइन, स्वस्थ वायु लिनुपर्छ, अस्वस्थ वायु होइन ।’
उनले सत्य र आदर्शलाई नै आत्मसात् गर्दे कसैबाट तर्सेर र मैदानबाट भाग्नुपर्ने आवश्यकता नभएको पनि बताए । नेता नेपालले गलत कामको सामना गर्नुपर्ने तर सहि तरिकाबाट आफूहरु अघि बढ्नुपर्ने पनि धारणा राखे ।
अहिलेको अवस्थामा एमाले जबजको सिद्धान्तबाट निरंकुश प्रवृत्तिलाई निरुपण गर्दै अघि बढ्नुपर्ने नेता नेपालको भनाइ छ ।