काठमाडौं — बालाधिकृत रथी प्रभुराम शर्मा नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आइतबार बालाधिकृत रथी शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि सकेर भदौ २४ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । थापा साउन २५ गतेबाट घरबिदामा बस्ने भएकाले जेष्ठताका आधारमा साउन २६ गतेबाट लागू हुने गरि शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
मन्त्रिपरिषदले साउन १२ गते शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।