पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरसे संक्रमण पुष्टि भएको छ ।
१२ हजार ६३६ जनाको परिक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ ।
योसँगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । जसमध्ये ३१ हजार २९८ सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार आइतबार १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८७५ पुगेको छ ।
थप २ हजार २० जना निको भएर घर फर्किएका छन् । हाल निको हुने प्रतिशत ९४.१ छ ।
आइतबार काठमाडौंमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ संक्रमित थपिएका छन् । त्यस्तै, झापामा २०७, कास्कीमा २०४, मोरङमा १९२ संक्रमित फेला परेका छन् ।