मन्त्रीहरुको नाम टुंगो लगाउने भनिएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो बोलाएको बैठक स्थगित भएको भन्दै सूचना अध्यक्ष प्रचण्डबाट आए पनि स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
तर, माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउन सकेको छैन ।