चितवन — ‘मनिङ वाक’मा निस्केका एक वृद्धले नारायणी नदीको पुलबाट नदीमा हामफालेका छन् ।
सोमबार बिहान घरबाट ‘मर्निङ वाक’मा जान्छु भनेर निस्केका गैंडाकोट–१ प्रतिभाका ६० वर्षका वृद्ध रत्नभुवन श्रेष्ठले नारायणीको पुलबाट हामफालेका हुन् । वृद्धले पुलबाट हामफालेको सिसीटिभी फुटेजमा पनि देखिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
पुलबाट हामफालेपछि बेपत्ता रहेका वृद्धको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।