विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केही दिनअघि सार्वजनिक गरेको प्रस्तावमा असहमत समूहले छुट्टै दस्तावेज सार्वजनिक गर्ने भएको छ ।
अध्यक्ष मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्तावलाई काउन्टर दिँदै असहमत समूहले मंगलबार ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक दस्तावेज सार्वजनिक गर्न लागेको उक्त पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् ।
पाण्डले भनेका छन्, ‘विवेकशील साझा पार्टी किन जन्मियो ? वैकल्पिक राजनीति किन सुरु भयो ? यसको औचित्य के हो र अबको बाटो के हुनुपर्छ ? भन्नेबारे थप छलफलको लागि ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक दस्तावेज भोली मंगलबार सार्वजनिक गर्दैछौँ ।’
उनले मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्तावको विषयमा एउटा कोणबाट मात्रै बहस भएकाले सही गन्तव्यमा पुग्न बहस सबै कोणबाट हुन जरुरी रहेको बताएका छन् ।
सम्बन्धित समाचारः
मिश्रको नयाँ एजेण्डाः संघीयता खारेज, धर्म निरपेक्षताबारे जनमत संग्रह
मिश्रले अगाडि सारेको नयाँ प्रस्तावलाई लिएर विवेकशील साझाभित्र ‘बबण्डर’
फेरि फुटको सँघारमा पुगेको हो विवेकशील साझा? मिश्रको नयाँ प्रस्तावप्रति पुर्व विवेकशीलको आपत्ति
वैकल्पिक राजनीतिको नाउँमा रवीन्द्र मिश्रको भद्दा मजाक