काठमाडौं – काठमाडौं महानगरपालिकामा भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले अर्को सूचना जारी नभएसम्मका लागि आइतबारबाट खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
यही साउन १३ गतेको निर्णयअनुसार साउन १४ गतेदेखि काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सञ्चालन भएको खोप कार्यक्रम साउन १७ गतेबाट स्थगित भएको प्रमुख कुँवरले बताए ।
उनका अनुसार खोप केन्द्रमा भएको मौज्दात समाप्त भएको छ । जसले गर्दा खोप कार्यक्रम स्थगित गर्नुपरेको हो ।