काठमाडौं — अखिल नेपाल फुटबल संघ(एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् ।
एन्फाभित्र पदाधिकारी र प्रशिक्षकबीचको विवाद छताछुल्ल हुँदा प्रवक्ता राईले सोमबार अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई राजीनामा बुझाएका हुन् ।
२०७५ साल बैशाख २४ गते उनलाई एन्फाले प्रवक्ताको जिम्मेवारी दिएको थियो । उनी एन्फाको केन्द्रीय सदस्य भने रहिरहनेछन् ।