नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
करिब दुई दशक नेपाली क्रिकेटमा निरन्तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा प्रदर्शनले चर्चा बटलेका अनुभबी पारसले मंगलबार बिहान सन्यास लिने निर्णयमा पुगेको जानकारी सार्बजनिक गरे । उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिएपनि नेपाली क्रिकेटका लागि आफ्नो सपनालाई साकार पार्न नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पारसको सन्यास घोषणालाई नेपाली खेलकुदप्रेमीले एक गौरवमय युगको अन्त्य भएको टिप्पणी गरेका छन् ।
यस्तो छ क्रिकेट यात्रा
नेपालमा गत् अप्रिल महिनामा सम्पन्न नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी ट्वान्टी क्रिकेट श्रृखंलामा घाइते भएपछि पारस टोलीबाट बाहिरिएका थिए ।
२०७६ को फागुनमा नेपालले थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दा पारस टोलीका सदस्य थिए । उक्त प्रतियोगिता नै पारसको अन्तर्राष्ट्रिय प्रतियोगिता रहन गयो ।
पारस १५ वर्षको छँदा सन् २००२ मा पहिलो पटक क्रिकेट यात्रा सुरु गरेका थिए । त्यसयता, उनी अलराउन्डरको भूमिकामा निरन्तर नेपालको राष्ट्रिय टोलिको प्रतिनिधित्व गरी चर्चा बटुले ।
पारसले सन् २००४, २००६ र २००८ को १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गरे । सन् २००९ मा उहाँले राष्ट्रिय टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाए ।
सन् २००६ मा आईसीसी प्लेट च्याम्पियनशीपको सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउन पारसको अन्तिम ओभरको बलिङ अझै स्मरणीय छ । सन् २००७ मा १९ वर्ष मुनिको एसीसी ट्रफी २००७ मा पारसको बलिङले नेपाललाई लगातार दोस्रो पटक प्लेट फाइनलसम्म पुर्यायो । उनले उक्त प्रतियोगितामा १२ विकेट लिएका थिए ।
नेपालको प्रतिनिधित्व गरी १० अन्तर्राष्ट्रिय एकदिबसीयमा पारसले एक शतक र एक अद्र्धशतकसहित ३१५ रन बनाएका छन् ।
बलिङमा उनले नौं पारीमा नौं विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उनले ३२ खेलमा एक शतक र चार अद्र्धशतकसहित ७९९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उनले आठ विकेट लिएका छन् ।
अन्तर्राष्ट्रिय स्पर्धामा उनले नेपालका लागि छ खेलमा नेतृत्व गरेका छन् । सन् २०२० मा पारसले कप्तानीबाट राजीनामा गरेपछि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल कप्तान नियुक्त भएका थिए ।
गत् मङ्सिरमा पारसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले दशकको एशोसिएट क्रिकेटरको रुपमा मनोनयन गरेको थियो । पारसकै नेतृत्वमा नेपालले पहिलो पटक सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सकेको छैन् ।