एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्ववर्ति केपी शर्मा ओलीको सरकारका जनविरोधी कामहरु खारेज गरेर अघि बढ्न सुझाव दिएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको वैठकको विशेष समयमा बोल्दै सांसद झाँक्रीले उक्त सुझाव दिएकी हुन् । उनले भनिन्, ‘सरकारले संविधानलाई सहि बाटोमा हिडाउने र लोकतन्त्रको रक्षा गर्ने मात्रै दायित्व बोकेको हुँदैन । पूर्ववर्ति सरकारका जनविरोधी कामहरु खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’
त्यस्तै उनले पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले तुइन विस्थापित गर्ने काम सकियो भनेर हल्ला फिजाएको भन्दै महाकाली नदिमा वेपत्ता बनेका जयसिंह धामीको न्यायका लागि मुखरित हुन सरकारलाई आग्रह गरेकी छन् ।