जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड विपरितका गतिविधि गर्न चेतावनी दिएको छ ।
प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरेमा कडा कारवाही गर्ने चेतावनी दिएको हो ।
प्रशासन कार्यालयले भीडभाडजन्य क्रियाकलाप र स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमण बढ्दै गएको जनाएको छ ।
हाल कोरोना संक्रमण उच्च हुँदै गएको, अस्पतालमा कोभिडका बिरामीको संख्या बढ्दै गएकोले तेस्रो लहरको सम्भावना रहेको सूचनामा उल्लेख गरिएको छ ।