प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार गरिएको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको सरुवालाई मात्रै सदर गर्दै अन्यको सरुवा स्थगित गरिदिएका छन् ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । तर अब डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।
स्वास्थ्य मन्त्रालयको जिम्मासमेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठले गरेको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीको सरुवा गर्ने निर्णय मंगलबार स्थगित गर्न निर्देशन दिएका छन् ।