दक्षिण कोरियामा गएको हप्ता नयाँ भेरिएन्टका दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन्। यहाँ गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएकाे दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले मंगलबार जानकारी दिएका हुन्।
यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको बताइएको छ। यहाँ नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो। यो समेत गरी यहाँ त्यस यता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन्।