भारतको मध्य प्रदेश राज्यको इन्दौरमा कक्षा १२ का एक विद्यार्थीले आफूलाई नै अपहरण गर्ने योजना बनाएका थिए। परिवारका सदस्यहरुबाट पैसा वसूल गर्नको लागी, व्हाट्सएपमा काटेको हातको फोटो आफ्नो परिवारलाई पठायो। यति मात्रै हैन, उनले फिरौती रकम नपाए आत्महत्या गर्ने समेत धम्की दिए। यो सब देखेर परिवारका सदस्यहरु चिन्तित भए।
उनले इन्टरनेटबाट काटेको हातको फोटो निकाले र बदमाशहरुले मेराे हात काटिसके, यदि उसले एक लाख रुपैयाँ दिएन भने उनीहरु मलाई मार्नेछन्, भन्दै परिवारका सदस्यहरुलाई व्हाट्सएपमा मेसेज गरे। यो जानकारी पछि परिवारका सदस्यहरुले तुरुन्तै प्रहरी चौकीमा निवेदन दर्ता गराए।
अपहरणको बारेमा जानकारी पाएपछि प्रहारी सक्रिय भयो। त्यसपछि पाँच चौकीका प्रहरी उक्त विद्यायर्थीको खोजीमा जुटे र विद्यायर्थी सम्म पुग्न सके। प्रहरीले मोबाइल स्थान ट्रयाक गर्दै देवेन्द्रलाई समात्न सफल भएकाे हाे।
प्रहरीले सोधपुछ गर्दा विद्यायर्थीले भने, "म जयपुर जान चाहन्थे, यदि म घर गएको भए म बोर हुन्थेँ, त्यसैले मैले आफूलाई अपहरण गर्ने योजना बनाएँ।"
प्रहरीका अनुसार इन्दौर बेटमाका १२ कक्षाका विद्यार्थी देवेन्द्र चौहान सोमबार नतिजा र टिसी लिन स्कूल गएका थिए। टिसी लिएपछि उनी जयपुर जान चाहन्थे, त्यसैले उनले आफैलाई अपहरण गर्ने योजना बनाएकाे प्रहरीले जानकारी दिए। एजेन्सीकाे सहयाेगमा