ओलम्पिक स्वर्ण पदक विजेता धावक एलेन थम्पसन हेरालाई गल्तीले इन्स्टाग्राममा ब्लक गरेको फेसबुक इंकले पुष्टि गरेको छ।
ओलम्पिकमा भएको १०० र २०० मिटर दौडको भिडियो इन्स्टाग्राममा साझा गरेका कारण उनको इन्टा ब्लक गरीएको थियो, धेरै घण्टा पछि उनको आइडी पुनस्थापित गरियो। अनलाई खेलहरुबाट सामग्रीहरु साझा गर्नुमाथि इन्स्टाले सख्त प्रतिलिपि अधिकार लगाएको छ।
ओलम्पिक कमिटी आईओसीका दिशानिर्देशका अनुसार एथलेटिकहरु ओलम्पिक खेलसँग सम्बन्धीत सामग्री खेलकुद कार्यक्रम वा पदक समारोहको अडियो र भिडियोसहित पोस्ट गर्न पाउँदैनन्। उक्त अधिकार आईओसी कमिटीलाई मात्र दिइएको छ।
हेराले ट्विट गदैँ भनिन् उक्त जानकारी साझा गरेकी हुन्।