विभिन्न कालखण्डमा टुक्रा–टुक्रामा विभाजीत भयो, नेकपा (माओवादी केन्द्र)। मोहन बैद्य ‘किरण’, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ नेत्रविक्रम चन्द ‘विप्लव’, आहुतीजस्ता नेताहरु पुष्पकमल दाहालबाट छुट्टीदाँ दशकलामो जनयुद्द लडेको पार्टी निकै कमजोर बन्यो।
यद्दपी प्रचण्ड र उनलाई हरेक राजनीतिक रणनीतिमा सघाउने माओवादी नेताहरुका कारण नेपाली राजनीतिमा माओवादीको प्रभाव भने कहिल्यै घटेन। त्यसैले आज पनि प्रचण्ड शानका साथ सार्वजनिक मञ्चहरुमै भन्छन्, ‘नेपालका धेरैले मैले प्रधानमन्त्री बनाएको हो।’
यसपटकको राजनीतिक घटनाक्रमले पनि प्रचण्डको दावीमा बल नै पुर्याउछ। साच्चिकै प्रचण्ड नहुँदो हुन त नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा अहिले प्रधानमन्त्री बन्न सम्भव नै थिएन।
अरु दलका नेतालाई प्रधानमन्त्री बनाउने हैसियत राख्ने प्रचण्ड अहिले यहि सरकारका कारण तनावमा छन्। पार्टीभित्र मन्त्री बन्न आंकाक्षा राख्नेहरुका कारण पार्टी अध्यक्ष प्रचण्डको समस्या बढेको हो।
यस्तो अवस्थामा के गर्लान त ‘सुप्रिमो’ प्रचण्डले? पार्टीका नेताहरुको चित्त बुझाउनतर्फ लाग्लान वा यहि १७ महिनालाई पार्टीलाई जनतामाझ पुनः स्थापित गराउन र केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउने कदमलाई सार्थक तुल्याउन काविल नेताहरुलाई मन्त्री बनाउलान?
यो प्रश्नको जवाफ उनी आफैँले खोज्नुपर्छ।
पार्टी सरकारमा जाँदा सांसदहरुले जिम्मेवारी खोज्नु गलत मान्न सकिदैँन। सबै सांसद मन्त्री पदका लागि योग्य नै मान्नुपर्छ। तर, सबै सांसदलाई एकैपटक मन्त्री बनाउन भने असम्भव नै हुन्छ। त्यसैले पार्टी अध्यक्षले एकैपटक सबैको चित्त राख्न सक्ने अवस्था पनि छैन्।
तर, यो समयमा पदको लोभ गर्ने र पद पाउँदा देश, जनता र पार्टीमाथि न्याय गर्न सक्ने अनुहारहरुलाई चिनेर त्यसैअनुरुप अवसर दिनु नै माओवादी केन्द्रको लागि बुद्दिमता हुन्छ।
प्रचण्ड नेतृत्वको पार्टीभित्र लामो समयदेखी जारी अस्थिरताले पार्टी स्वभाविक रुपमा कमजोर भएको छ। पहिलो संविधानसभाको चुनावमा १ सय २० प्रत्यक्ष सिट जितेको पार्टीको धरातल अहिले कमजोर छ।
र, यहि कमजोर धरातलाई मजबुत पार्ने सुवर्ण अवसर हो यो, माओवादी केन्द्रको लागि।
यसका लागि प्रचण्डले सहि पात्रको चयन गरेर सरकारमा पठाउनु उपयुक्त हुन्छ। जनार्दन शर्माजस्ता काविल अनुहारलाई सरकारमा पठाउँदा पार्टीले अहिले जस पाइरहेको छ। साथै, उनले गरेका कामहरुले जनतामा नयाँ आशाको किरण सञ्चार भएको छ।
यस्तै अन्य काविल अनुहारहरुको पहिचान गरी उनले सरकारमा पठाउँदा जनताको मन जित्न सक्छन्।
प्रचण्डसँग अझै पनि त्यस्ता अनुहारहरु छन् जसले हरेक मुश्किल परिस्थितीमा साथ दिए। पद र ‘पावर’को लागि पार्टी बदल्नसमेत पछी नपर्नेदेखी लिएर नयाँ पार्टी नै खोल्नेहरुको ठुलो लर्को देखिँदा पनि प्रचण्डको निर्णयलाई शिरोधार्य गर्नेहरु पनि पार्टीप्रति वफादार नै हुन्।
त्यस्तै काविल र वफादारहरुमध्यबाट नै मन्त्री चयन गर्नु प्रचण्ड, माओवादी केन्द्र र समग्र मुलुककै लागि हितकर हुनेछ।
अझ तराईका जिल्लाहरुमा माओवादीको प्रभाव शुरुदेखी नै कमजोर छ। प्रदेश नम्बर १ र २ मा रहेका मधेसी जनताहरुको भावना र मागलाई सम्बोधन गर्न सक्ने अनुहार सरकारमा पठाउनै पर्ने बाध्यता छ प्रचण्डलाई।
यसरी मधेसी समुदायको भावनालाई समेट्न सक्ने अनुहार सरकारमा पठाउन सक्दा यसले कालान्तरमा माओवादीको फाइदा नै गर्नेछ। यसका लागि उनले बिवादरहित र मधेसी जनताको भावना बुझ्दै समग्र मुलुककै हितमा काम गर्न सक्ने अनुहार प्रचण्डको रोजाईमा पर्नुपर्छ।
पटक–पटक सरकारमा सहभागी भएर बिवादित बनेकाभन्दा आफुँलाई प्रमाणित गरिसकेको व्यक्तिको चयन गर्ने हो भने सबैको हित हुनेछ।
तसर्थ, ‘सुप्रिमो’ प्रचण्डज्यु, मन्त्री नबनाए आत्महत्या गर्छु भनेर घुर्क्याउनेहरुको नसुन्नुहोस। तपाईको दिमागमा चलिरहेको आतंकलाई अवसरको रुपमा परिवर्तन गर्नुहोस।