प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचारका लागि बनाइएका भिडियोबारे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री सचिवालयले ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने...’ शीर्षकको भिडियो श्रृंखलामाथि टिप्पणी गर्दै उनले अहिले प्रधानमन्त्रीले काम गर्ने बेला रहेको जनाएका छन्।
बिहिबार राती उनले ट्वीटरमा लेखे, ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् – ‘भिडियो’, नत्र पार्टीले बनाउला। पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ। ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु। जय नेपाल!’
लगत्तै प्रवक्ता शर्माले अर्को ट्वीट पनि गरेका छन्। त्यसमा उनले लेखेका छन्, 'खोपदेखि भोटसम्म´ को यो यात्रा तिन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छl जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ! परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन्l'