प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज र प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहविच भेटवार्ता भएको छ।
बिहिबार भएको भेटमा प्रदेश प्रमुख अहिराज र मन्त्री शाहबिच लागूऔषध रोकथाम, महिला हिंसा न्यूनीकरण र प्रदेशमा सञ्चार क्षेत्रको बिकासका लागि छलफल भएको छ।
‘निकै सकरात्मक छलफल भयो,’ मन्त्री शाहले नेपाली पब्लिकसँग भने, ‘प्रमुखज्युको सल्लाह–सुझावलाई मनन गर्दै आगामी कार्ययोजना बनाउने छौ।’ भेटका क्रममा प्रदेश प्रमुख अहिराज र मन्त्री शाहविच अन्य सामाजिक र राजनीतिक विषयहरुमा पनि छलफल भएको मन्त्री शाहको सचिवालयका शिवम शाहले जानकारी दिए।