आफैँमा निकै ओजिलो पद हो – प्रदेश प्रमुख। प्रदेशको अभिभावकको रुपमा रहेका प्रदेश प्रमुखको भुमिका महत्वपुर्ण हुने गर्छ।
प्रदेश प्रमुख भन्नेवित्तिकै मान्छेको मस्तिष्कमा एउटा दृष्य बन्छ – झण्डावाला महङ्गो गाडी, लटरम्म सुरक्षाकर्मी, शानको जिन्दगी।
साधारण बुझाईमा प्रदेश प्रमुखलाई भेट्न आम जनताले सितीमिती पाउदैनन्। पाइहाले पनि ‘अपोइन्टमेन्ट’ नै लिनुपर्छ।
तर, प्रदेश नम्बर २ को दृष्य अलि भिन्न देखिन्छ। यहाँ प्रदेश प्रमुखलाई भेट्न जनता लाम लाग्नुपर्दैन्, प्रदेश प्रमुख स्वयम् जनताको घरदैलोमा पुग्छन्।
प्रदेश प्रमुख नियुक्त भएदेखी नै राजेश अहिराजको दिनचर्या जनताको घरदैलो गरेरै बित्छ। उनी जनताको घरदैलोमा जान्छन्, उनीहरुका कुरा सुन्छन्, सान्तवना दिन्छन् र जनताको भावना सरकारमार्फत पुरा गराउने प्रयास गर्छन्।
प्रदेश प्रमुख अहिराज बिहिबार पनि बजारतीर निस्किए। त्यसक्रममा उनले बजार अनुगमन त गरे नै सँगै व्यापारीहरुको समस्या पनि सुने।
हेर्नुहोस प्रमुख अहिराजको बजार अनुगमनका केहि तस्विरहरु