फुटबल क्लब बार्सिलोनाले लियोनल मेस्सीसँग नयाँ करार नगर्ने जानकारी दिएको छ। लामो समयदेखी चलिरहेको अड्कलबाजीहरुलाई चिर्दै स्पेनिस क्लव बार्सिलोनाले यस्तो निर्णय लिएको हो।
यद्दपी क्लवले मेस्सीसँग नयाँ करार गर्ने धेरैले अनुमान गरेका थिए। तर, बार्सिलोनाले अप्रत्याशित निर्णय लिँदै अर्जेन्टिनी खेलाडीसँग नयाँ करार नगर्ने जनाएको छ।
क्लवका पदाधिकारी र मेस्सीविच नयाँ करारको सम्बन्धमा छलफल भएको थियो। तर, छलफल सकारात्मक नभएपछि मेस्सीसँगको करार थप नगर्ने निर्णयमा क्लव पुगेको हो।
समाचारहरूमा उल्लेख भएअनुसार ला-लिगाकाे नियमका कारण नै बार्सीलाेनाले मेस्सीसँग थप करार गर्न नसकेकाे हाे। मेस्सीलाइ अनुबन्ध गरीराख्दा क्लवले धेरै रकम मेस्सीमाथी मात्र खर्च गर्नुपर्ने भएकाले बार्सीलाेनाले यस्ताे बाध्यात्मक निर्णय लिएकाे बताइन्छ।
यद्धपी क्लव र मेस्सीविच करार हुने सम्भावना अझै बाँकी भने रहेकाे छ।