विश्व चर्चित गायिका रिहाना जसको वास्तविक नाम रोबिन फेन्टी हो, अब आधिकारीक रुपमा विश्वकै धनी गायिका बनेकी छिन्।
‘फोब्र्स’ म्यागेजिनले हालै सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको छ।
उनलाई गीतकार,संगीतकार, अभिनेत्रिका रुपका रुपमा पनि चिनिन्छ। संगीतबाहेक मानवीय, उद्धमी र फेसन उद्धयोगमा उनको संलग्नता रहेको छ। उनी गैर नाफामुखी संस्था क्लारा लियोनेल फाउन्डेसन, प्रसाधन सामग्री ब्रान्ड फेन्टी ब्यूटी र एलभिएमआस मोएत एन्सी लुई भिताँ अन्तर्गतको फेसन गृह फेन्टीका संस्थापक पनि हुन्।
अनुमानित १.४ बिलियन डलर उनको फेन्टी ब्यूटी कस्मेटिक्स कम्पनीबाट आउँछ भने संगीत र अभिनयबाट अनुमानित २० मिलियन आउँछ। ओपरा बिनफ्रे पछि उनी संसारको सबैभन्दा धनी महिला मनोरञ्जनकर्ता भएकी छिन्।