नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर परिक्षा सञ्चालनको सम्बन्धमा ध्यानाकर्षण गराएको छ।
स्वास्थ्य मन्त्रालयले परिक्षा रोक्न गरेको सिफारिसको सम्बन्धमा चासो राख्दै थापासहितको टोलीले प्रधानमन्त्री देउवालाई परिक्षा स्थगित मात्र नगरी बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेको छ।
यसबारे जानकारी दिँदै नेता थापाले ट्विटरमा लेखेका छन्, ‘प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।