प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले माछापोखरी निर्माणमा १ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको विषयमा आवश्यक कारबाही गरीने प्रतिवद्दता जनाएका छन्।
महोत्तरीका मत्सय व्यवसायीहरुले अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धान आयोगमा दिएको उजुरीबारे जानकारी लिँदै मन्त्री शाहले यस्तो प्रतिवद्दता जनाएका हुन्।
‘यस विषयमा सम्बन्धित मन्त्रालय र अन्य निकायहरुसँग सहकार्य गरेर आवश्यक कारबाहीको लागि पहल गर्नेछु,’ मन्त्रालयमा पुगेका महोत्तरीका मत्सय व्यवसायीहरुसँग उनले भने, ‘दोषि कुनै पनि हालतमा उम्किन पाउने छैन्।’
मत्सय व्यवसायी संघ महोत्तरीका व्यवसायीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा माछापोखरीका लागि सरकारले दिएको अनुदान रकमलगायतमा भ्रष्टाचार भएको दावीसहित उजुरी दिएका थिए।
व्यवसायीहरुले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरी, सोही कार्यालयका प्रमुख ुंजिप ठाकुर, कार्यालयका मत्सय शाखा प्रमुख ज्योत नारायण गिरी, मत्सय विकाश कार्यालय धनुषा, सोहि कार्यालयका प्रमुख जागेश्वर यादवबिरुद्द अख्तियारमा उजुरी दिएका थिए।
नयाँ व्यवसायीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिनुपर्नेमा आपसी मिलोमतोमा पुरानै व्यवसायीहरुलाई १ करोड १२ लाख ५० हजार अनुदान रकम दिइएको उजुरीमा उल्लेख छ। साथै बाढी पहिरोको ढुवान अवस्थामा नियमविपरित हैचरिङ्गको व्यवस्था गरिएको पनि उल्लेख छ।