२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ। विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर नतिजा प्रकशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हाे।
एसईइ परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ। बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर हेर्न सक्ने बताएको छ।
त्यसैगरी, बोर्डले एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ। बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि इडियु संजाल नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।