ग्रीसको जंगलमा अनियन्त्रित रुपमा फैलिएको आगोका कारण दुई जनाको मृत्यु भएको छ। आसपासका ६ वटा क्षेत्रहरुमा हाई अर्लट जारी गरीएको छ।
राजधानी एथेन्सका मानिसहरु आगलागीका कारण घर छाड्न बाध्य छन्। आगो निभाउने क्रममा ३८ वर्षीय अग्नि नियन्त्रकको विद्युतको पोल खस्दा मृत्यु भएको जनाइएको छ। देशभर १ सय ५४ वटा जंगलमा आगो फैलिरहेको छ।
अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरीरहेका छन्। अनिश्चित वायुका कारण आगो निकै तिव्र गतिमा फैलिरहेको अधिकारीहरुले बताएका छन्। इभिया टापुमा पनि आगोको मुस्लो देखिन्छ। प्राचिन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ। ग्रीसका प्रधानमन्त्रीले भने तातो लहरले देशलाई पाउडर केगमा परिणत गरेको छ।