बलिउड गायक तथा अभिनेता हनी सिंह आफ्नो व्यक्तिगत जीवनलाई लिएर अहिले चर्चामा छन्। उनको वैवाहिक सम्बन्धमा दरार आएको छ। श्रीमती शालिनी तलवारले हनी सिंहमाथि घरेलु हिंसाको आरोप लगाएकी हुन्।
यसका साथै शालिनीले आफ्नो श्रीमान हनी सिंहसँग १० कारोड रुपैयाँको मुआवजा मागेकी छिन्। अाफू बसिरहेकाे घरको भाडा हनी सिंहले तिर्नु पर्ने शालिनीकाे भनाइ छ। शालिनी बस्ने घरको एक महिनाको भाडा पाँच लाख रुपैयाँ रहेको छ।
बलिउडका यस्ता धेरै लोकप्रिय जोडीहरु छन् जो अनेक कारणहरुले एक अर्काबाट अलग भएका छन्। यतिबेला उनीहरुको सम्बन्धविच्छेद भएको समाचारहरु आइरहेका छन्।